विश्वफुटबलका महान् खेलाडी पेलेको निधन

विश्वफुटबलका महान् खेलाडी पेलेको निधन


विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलको आओ पाउलोमा निधन भएको छ।

अल्बर्ट आइन्सटाइन अस्पतालले पेलेको निधन भएको पुष्टि गरेको हो । पेले किड्नी र प्रोटेस्टको समस्यासँग केही वर्षयता जुधिरहेका थिए ।

पेलेकी छोरी केलि नासिमेन्तोले पनि सामाजिक सञ्जालमार्फत आफ्नो बुबाको निधन भएको जनाएकी छन् ।

विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका पेलेले विश्वकप फुटबलको उपाधि तीनपटक जितेका थिए । सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधी उनले ब्राजिललाई जिताएका थिए ।

उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन् ।

उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए ।