‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’

‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’


अष्ट्रेलियाको एक वेबसाइटले चीनमा कोभिडका कारण मृत्यु हुनेको संख्या दैनिक ९ हजार पुगेको दाबी गरेको छ । न्युजडटकमडटएउले रिपोर्ट गरेको डाटा फर्मका अनुसार चीनमा कोभिडबाट दैनिक रुपमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

न्युजडटकमडटएउले भनेको छ, ‘ बेलायतमा रहेको अनुसन्धान फर्म एयरफिनिटीले संक्रमणको संख्या बढ्दै गएपछि चीनमा कोभिडबाट मर्ने अनुमानित व्यक्तिको संख्या दोब्बर जनाएको छ । यो बेइजिङले नोभेम्बरमा कठोर शून्य-कोभिड स्वास्थ्य उपायहरू अबलम्बन गरेपछि आएको हो जुन वर्षौंदेखि थियो ।’

एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएपछि चीनमा कडा तालाबन्दीका कारण विरोध प्रदर्शन सुरु भएको थियो । क्वारेन्टाइन आदेशका कारण फायर फाइटरहरूलाई अपार्टमेन्ट ब्लकभित्र आउन रोकिएको सर्वसाधारणले गुनासा गरेका थिए ।