उत्तर कोरियाद्वारा मिसाइल प्रहारसँगै नयाँ वर्षको स्वागत !

उत्तर कोरियाद्वारा मिसाइल प्रहारसँगै नयाँ वर्षको स्वागत !


उत्तर कोरियाले आइतबार बिहान आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

नयाँ वर्षको दिनमा एकाबिहानै उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो । व्यालिस्टिक मिसाइल प्रहार गरेको २४ घन्टा बित्न नपाउँदै उत्तर कोरियाले छोटो दूरीका मिसाइल प्रहार गरेको बताइएको छ।

राजधानी प्योङयाङको रोङसोङ क्षेत्रबाट स्थानीय समयअनुसार बिहान २:५० बजे प्रहार गरेपछि पछिल्लो क्षेप्यास्त्र करिब ४०० किलोमिटर (२४९ माइल) उडेको दक्षिण कोरियाका संयुक्त प्रमुख कर्मचारी (जेसीएस)ले भनेको छ ।

जेसीएसले प्योङयाङलाई तत्काल परीक्षण रोक्न आग्रह गर्दै भनेको छ ‘हामी उत्तर कोरियाको शृंखलाबद्ध क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गर्छौं जुन कोरियाली प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति र स्थिरतामा चोट पुर्‍याउने गम्भीर उत्तेजना हो । ’