जापानमा एकैदिन ४ सय ५६ जना कोरोना संक्रमितहरुको मृत्यु

जापानमा एकैदिन ४ सय ५६ जना कोरोना संक्रमितहरुको मृत्यु


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

शुक्रबार जापानमा एकैदिन ४ सय ५६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । जापानमा एकैदिन यति धेरै कोरोना संक्रमितहरुको मृत्यु भएको यो पहिलो पटक हो । यसअघि अघिल्लो वर्षको डिसेम्बर २९ तारिख एकैदिन ४२० जनाको मृत्यु भएको थियो ।

सरकारले सामान्य सरुवारोगको रुपमा लिइ सोहीअनुरुपको व्यवहार गरेता पनि जापान यतिखेर कोरोना महामारीको विषम परिस्थितिमा पुगेको विज्ञहरुको विश्लेषण छ। आज (६ जनवरी) एकैदिनमा जापानभर २ लाख ४५ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।

जापानमा यतिखेर कोरोना संक्रमितहरुले आपतकालिन अवस्थामा समेत अस्पताल भर्ना हुन नसक्ने अवस्था सिर्जना भएको छ। लामो समय कडा रोकथामको उपाय कार्यन्वयन गरेको जापान सरकार यतिखेर कोरोनालाई सामान्य मानेरै अघि बढ्ने प्रयासमा देखिन्छ ।

जापानमा यसपटक कोरोनासँगै मौसमी इन्फ्लुएन्जासमेत महामारीको रुपमा फैलिएकाले देशैभरको स्वास्थ्य क्षेत्रमा उच्च चाप बढेको छ।