केही महिनादेखि विदेश रहँदैआएका नेपाली काङ्ग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू स्वदेश फर्किन लागेको जानकारी दिएका छन् । बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमार्फत देउवाले ‘नेपाली भूमिमा पाइला टेक्न लागेको’ जानकारी गराएका हुन् ।
विज्ञप्तिमा पूर्व प्रधानमन्त्री देउवाले भनेका छन्- ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ । प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ । प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्रनिर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ । यही विश्वासका साथ म नेपाली भूमिमा पाइला टेक्दैछु ।’
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सहित मेलमिलाप र जनताको सर्वोच्चताप्रतिको बीपीको अटल विश्वास र विचार आज पनि आफ्नो राजनीतक यात्राको मार्गदशक बनेको उल्लेख गर्दै नेता देउवाले बीपीप्रति सम्झना र सम्मान ब्यक्त गरेका छन् भने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
आज नेपालको प्रजातान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा हरेक प्रकारका नरंकुशता, अधिनायकवाद र लोकतन्त्रविरोधि प्रवृित्तिविरुद्ध अविचलित संघर्ष गदैआफ्नो गौरवपूर्ण आठ दशकको यात्रा पूरा गरेको नेपाली कांग्रेससमक्ष फेरि एउटा ऐतिहासिक चुनौती, अवसर र दायित्व एकसाथ उभिएको देउवाको धारणा छ । वर्तमान चुनौतीको सामना गर्न कौग्रेसलाई अझ दृढ र जिम्मेवार बनाएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् देउवाको विज्ञप्ति –
प्रतिक्रिया