सर्वोच्च बारको अध्यक्षमा बृहत् लोकतान्त्रिक समूहबा निरौला विजयी

सर्वोच्च बारको अध्यक्षमा बृहत् लोकतान्त्रिक समूहबा निरौला विजयी


सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन लागि भएको निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला विजयी भएका छन् । उनी दुई सय ८९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पिर्धी प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले दुई सय ७५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा लोकतान्त्रिकका जगदीशप्रसाद पाण्डे, सचिवमा प्रगतिशीलका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र कोषाध्यक्षमा प्रगतिशीलबाट कपिलचन्द्र पोखरेल विजयी भएका छन् । एक महिला सदस्यमा प्रगतिशीलबाट सिर्जना कँडेल विजयी बनेकी छन् ।

यस्तै, सदस्यहरूमा लोकतान्त्रिक समूहका उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, रेशमराज रेग्मी, रामबहादुर राउत, सुमनकुमार केसी विजयी बनेका छन् भने प्रगतिशील समूहबाट प्रभुजी पन्त, अनुपराज उप्रेती र देवी रेग्मी पोखरेललाई विजय हात लागेको छ ।

पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ ।