क बर्गको बैंक नबिल बैंकको साधारणसभा बैठकबाट ३० प्रतिशत लाभांश पारित भएको छ ।
शुक्रबार बसेको बैंकको ३८औं वार्षिक साधारणसभा संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो।
बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको थियो ।
यसैगरी, साधरणसभाले संस्थापक शेयरधनी समूहतर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक समितिमा निर्वाचितसमेत गरेको छ।
नबिल बैंक आ।व। २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।
प्रतिक्रिया