तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडी

तेक्वान्दो च्याम्पियनशिपमा नेपाली खेलाडी


लण्डन । गत ०३ तारिख शनिबारको दिन, सेन्टर लण्डनमा आयोजित लण्डन च्याम्पियनशिप २०१०मा नेपाली तेक्वान्दो क्लवले केही पदकहरु हासिल गरेर सफलता प्राप्त गरेका छन् । लण्डन गुर्खा तेक्वान्दो क्लबको प्लम्स्टेड डोजाङ र तोङब्रिज्ड डोजाङबाट सो प्रतियोगितामा भाग लिएका खेलाडीहरुमध्ये ६ जनाले गोल्ड, सिल्भर र ब्रोन्ज गरी पदकहरु ल्याएका छन् जसमा गोल्ड मेडल -हिमाल थापा, सिल्भर -भरत गुरुङ, लक्ष्मण न्यौपाने, प्रशान्त राना र ब्रोन्ज मेडल -प्रदीप बेन्जार्कर थिए । लण्डन गुर्खा तेक्वान्दो क्लबमा प्लम्स्टेड डोजाङलाई हृयारी गुरुङ र तोङब्रिज्ड डोजाङलाई विजय गुरुङले प्रशिक्षण गरिरहेका छन् ।- देब, मेस