आजको पञ्चाङ्ग एवम् राशिफल (२९ माघ २०७९ आइतबार, १२ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ माघ २०७९ आइतबार, १२ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ २९ गते आइतबार तद्अनुसार सन् २०२३ फरवरी १२ तारिख फाल्गुन कृष्ण पक्षको सप्तमी तिथि स्वाती नक्षत्र गण्ड योग भद्रा करण आनन्दादियोगमा लुम्ब योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ बजे भयो र सूर्यास्त साँझ १७ः५१ बजे हुनेछ । रविसप्तमीव्रत ।

आजको राशिफल

मेष – दिन राम्रो छ । प्रशन्नता बढ्नेछ । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आरोग्यता वृद्धि, रसरागमा आकर्षण बढ्नेछ र कर्मबल सशक्त हुने दिन भए पनि आज गरिएका कामको परिणाम त्यत्ति सन्तोषजनक नहुन सक्छन् । महत्वपूण निर्णय नै गलत ठाउँमा पर्न सक्छ । कडा प्रयास गरे पनि सफलता हात नलाग्न सक्छ । आज कसैसँग बादविवाद हुन सक्छ, संयमता अपनाउनु हितकर होला । कामको बोझले थाकेको महसुस होला । घरपरिवारको स्थिति अनुकूल भएको अनुभूति हुने छैन ।

मिथुन – प्रेमभाव बढ्ने दिन छ । नयाँ सम्भावना देखिएला । साझेदारीको काममा सफलता मिल्नेछ । ब्यापारबाट सोचेअनुसार नै लाभ होला । तर नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुविधा रहन सक्ने दिन छ । आरोग्यता भने वृद्धि हुनेछ । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – व्यस्तता बढ्नेछ भने खर्च वृद्धि हुनेछ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ, जसले मान प्रतिष्ठा बढाउनेछ । काम बन्नाले मन रमाउला । यात्रामा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछन् ।

सिंह – पराक्रम वृद्धि हुने दिन छ । शुभता वृद्धि भइ आनन्द बढाउनेछ । शुभ समाचार प्राप्त हुनेछ । आजको दिन बोलीमा भने सजगता अपनाउनुपर्नेछ, अन्यथा झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने छ । साहित्यिक कार्यमा मन जाला । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । आफन्तसित भेटघाट हुनेछ ।

कन्या – आजको दिन संघर्षमय रहला । कामका परिणाम सन्तोषदायी नहुन सक्छन् । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । अनावश्यक कुरामा धन खर्च हुन सक्छ, खर्च गर्दा ध्यान राख्नुहोला । आज स्वास्थ्य कमजोर रहन सक्छ, खानपानमा सजग रहनुहोला । साझेदारीको कार्य बन्नेछ । विलासमा रुची बढ्नेछ ।

तुला – आरोग्यता बढ्नेछ भने सुख वृद्धि होला । आर्थिक पक्ष सबल बन्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिविवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमनको योग छ । रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – दिन शुभदायी छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन ।आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । नयाँ दायित्व प्राप्त होला । कर्मबल बढ्नेछ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आयबल बढ्नेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले गर्दा मन सन्तुष्ट रहने छ । आज आर्थिक हित हुने काममा लाग्नु उत्तम हुनेछ ।

मकर – आजको दिन कर्मबल बढ्नेछ । नयाँ काम सुरु गर्ने समय छ । खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । काममै समय बिताए पनि सोचे जस्तो फाइदा हुने छैन । रसरागको भाव वृद्धि हुनेछ ।

मीन – जोखिम बढ्ने दिन भए पनि ब्यवसायबाट लाभ नै हुनेछ । नयाँ काम सुरु गर्ने समय छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्नु उचित हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । सुखी र सफल रहनुहुनेछ ।