आजको पञ्चाङ्ग एवम् राशिफल (१ फागुन २०७९ सोमबार, १३ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ फागुन २०७९ सोमबार, १३ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण १ गते सोमबार तद्अनुसार सन् २०२३ फरवरी १३ तारिख फाल्गुन कृष्ण पक्षको अष्टमी तिथि विशाखा नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा मित्र योग चन्द्रमा १६ः२५ बजेसम्म तुला राशिमा त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा र सूर्यास्त साँझ १७ः५२ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा,फाल्गुन संक्रान्ति ।

आजको राशिफल

मेष – आजको दिन राम्रै छ । परिवारिक सुख र आरोग्यता बढ्नेछ भने नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ने देखिन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । सुख वृद्धि हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ ।

वृष – शुभता बढ्ने दिन छ । धन, मान र आरोग्यता वृद्धि हुनेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुनेछ भने राम्रै फाइदाको योग छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन उपलब्धिपूर्ण र उत्साहवर्द्धक रहला । कार्यक्षमता वृद्धि होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिल्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन मिश्रित फलदायी रहला । व्यस्तता बढ्नेछ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । निरर्थक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ । यसका बाबजुद पारिवारिक जमघटमा मन रमाउनेछ । आज कसैबाट केही उपहार पनि प्राप्त हुनसक्छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – सामर्थ्य बढ्ने दिन भए पनि आज लेनदेनमा विवाद पर्न सक्छ, सावधान रहनुहोला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । कर्मसिद्धि र लाभका लागि इष्टदेवको पूजा–उपासना गर्नुहोला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा भने अलिक सावधानी अपनाउनुपर्ला । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – दिन सामान्य छ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला ।आर्थिक अभावले भने अलिक सताउनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

तुला – समय शुभ फलदायक छ । भाग्योन्नतिको समय भएकोले आनन्द बढ्नेछ । आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – शुभता बढ्ने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनेछ। बाध्यताका काममा जुट्नुपरे पनि प्रतिस्पर्धी परास्त होलान् । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । मनोकूलको काम बन्नेछ । यश वृद्धि हुनेछ ।

धनु – आज कर्मबल बढ्नेछ भने रोकिएको काम बन्नेछ । प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन होला । तपाईंको बोली र विचारले धेरैलाई आकर्षण गर्नेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – कर्मबल बढ्ने समय भए पनि धेरै श्रमपछि अलि कममात्र प्रतिफल पामिल्ला । भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । तथापि, तपाईंका विचारले धेरैलाई आकर्षण गर्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

कुम्भ – दिन अलिक संघर्षमय रहला । सामाजिक एवम् पारिवारिक कामको दायित्व बढ्नेछ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि विशेष प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । धैर्य राखेर व्यवहार गर्नुहोला ।

मीन – भागदौड बढे पनि समय फलदायी नै रहला । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति हुनेछ । आँटेका काम पूरा भइ धनको लाभ हुन सक्छ । यात्रा पनि रमाइलो हुनेछ । दाम्पत्य सुख वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।