फाइजरको नयाँ खोप बाइभ्यालेन्टको तीन लाख ४५ हजार डोज नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासीयाले सोमबार बिहान ९ बजे ती खोप भित्रिएको जानकारी दिएका हुन् ।
गाभीमार्फत प्राप्त उक्त खोपलाई टेकुस्थित विभागमा भण्डारणमा राखिने चौरासीयाले बताए । नेपालमा पहिलोपटक भित्रिएको बाइभ्यालेन्ट खोप बुस्टर डोजका रुपमा प्रयोग गरिने बताइएको छ । ओमिक्रोनको सबभेरिएन्टविरुद्ध यो खोप प्रभावकारी मानिएको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख मात्रा चार चरणमा उपलब्ध गराइने र सोहीअनुसार आज तीन लाख ४५ हजार मात्रा खोप आइपुगेको हो ।
प्रतिक्रिया