आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०७९ मंगलबार, १४ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ फागुन २०७९ मंगलबार, १४ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण २ गते मंगलबार तद्अनुसार सन् २०२३ फरवरी १४ तारिख फाल्गुन कृष्ण पक्षको नवमी तिथि अनुराधा नक्षत्र ध्रुव योग ४ः३१ पर व्याघ्यात् योग तैतिल करण आनन्दादियोगमा वज्र योग, चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ बजे र सूर्यास्त साँझ १७ः५३ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन जोखिम बढे पनि परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइने योग छ । प्रेममा सफलता मिल्ला । आयआर्जन वृद्धि होला । मिहिनेतले सफलता दिलाउनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आज आरोग्यता र दामपत्यसुख बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान पाइनेछ । आर्थिक समुन्नति हुने समय छ । बोली–व्यवहारकै कारण अवसरले पछ्याउनेछन् । धनलाभ होला । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन संघर्षमय रहने देखिन्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ला । छिमेकीसँग विवाद बढ्ने र झमेलामा परिने सम्भावना छ, सजग रहनुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा अवरोध हुन सक्छ । परिवारजन तथा मित्रजनसँग असमझदारी बढ्न सक्छ । आरोग्य वृद्धि हुनेछ ।

कर्कट – दिन सामान्य छ । प्रेमभाव र सुख वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । कामको दायित्व थपिन सक्छ । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ । मान सम्मान मिले पनि मनमा अनावश्यक डर रहने योग छ । उत्तम रोजगारी मिल्नेछ । रोकिएका काम बन्नेछन् ।

सिंह – व्यस्तता बढ्ने दिन छ । शुभ समाचार प्राप्त हुनेछ । आफन्तसित भेटघाट होला । दिन सुखमय नै बित्ने देखिन्छ । पढाइलेखाइका कार्यमा प्रगति हुनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ । नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला । रोग र शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । आज सहयोगीहरूबाट उचित सहयोग पाइनेछ । पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव पनि होला । मनोकूलको काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । हासविलासमा रुचि बढ्नेछ । उत्साह थपिनेछ ।

तुला – दिन प्रतिकुल रहने सम्भावना भए पनि समस्याको समाधान खोज्नुहुनेछ । अनावस्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनुहोला । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । सुख बढ्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – आरोग्यता वृद्धि हुनेछ । नयाँ दायित्व प्राप्त हुने दिन छ । कर्मबल बढ्नेछ । दायित्व बढे पनि धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । काममा उत्साह जाग्नेछ । आफन्तको सहयोग बढ्ला । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आजको दिन रमाइलै रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त होला । व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम पुनः सुरु हुनेछन् ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्याले सताउने देखिन्छ, जसले गर्दा काममा अवरोध आउन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्ला ।

कुम्भ – कर्मबल बढ्नेछ तर साझेदारीमा समस्या आउन सक्ने भएकोले सावधान रहनुहोला । रसरागको भाव भने वृद्धि हुनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्न सक्ने भएकोले सचेत रहनु हितकर होला । आरोग्यता बढ्नेछ ।

मीन – शुभता र भाग्यबल बढ्नेछ । टाढाको यात्रा हुने सम्भावना छ । पढाइलेखाइमा प्रगति होला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । सुखी र सफल रहनुहुनेछ । आफन्तको साथ मिल्नेछ ।