आजको पञ्चाङ्ग एवम् राशिफल (३ फागुन २०७९ बुधबार, १५ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ फागुन २०७९ बुधबार, १५ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण ३ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी १५ तारिख फाल्गुन कृष्ण पक्षको दशमी तिथि ज्येष्ठा नक्षत्र हर्षण योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४४ मा र सूर्यास्त साँझ १७ः५४ बजे हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन दौडधुप बढ्नेछ । जोखिम पनि बढ्ला । अरुको भरमा नबस्नु हितकर रहनेछ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा समस्या देखापर्न सक्छ, ध्यान राख्नुहोला । शत्रुमाथि भने विजय प्राप्त होला । धैर्य राखेर व्यवहार गर्नु हितकर हुनेछ ।

वृष – शुभता बढ्ने र आरोग्यता वृद्धि हुने समय छ । नोकरीमा हुनेहरूका लागि पदोन्नतिको समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्य दिलाउनेछ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन होला । सुख बढ्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – दिन राम्रै छ । आरोग्यता बढ्नेछ भने कार्यक्षमता वृद्धि होला । सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, होस राख्नुहोला । सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुपर्नेछ । सन्तानले प्रसन्नता दिलाउनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन नियमित व्यवहारमा विशेष सतर्क रहनुहोला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ। आर्थिक अभावले पनि सताउन सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । यसका बाबजुद प्रेमभाव बढ्नेछ । साहस पनि वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – ब्यस्तता बढ्नेछ भने आज खर्च पनि वृद्धि होला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । विवेक नपुग्दा हातमा आएका अवसर गुम्न सक्छन् । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । आरोग्यताका लागि खानपानमा विशेष ध्यान दिनुपर्ला । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या – पराक्रम वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ, सावधान रहनुहोला । जीवनसाथीलाई केही पीडा हुने योग रहेको छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने छ । विद्यार्थी वर्गका लागि विशेष राम्रो समय छ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ ।

तुला – आजको दिन काममा सफलता मिल्नेछ । मान सम्मान रहला । महत्वपूर्ण बस्तु गुम्ने सम्भावना पनि छ, सचेत रहनुहोला । कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने समय छ । काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्, तर जित तपाईंकै हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आज स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ, सावधानी अपनाए समस्या निम्तनुबाट मुक्ति मिल्नेछ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ, ख्याल राख्नुहोला । परिस्थितिलार्इ पछ्याउन नसक्दा अलिक पछि परिनेछ । खर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – दिन राम्रै छ । लगानी बढ्नेछ, रोकिएको काम बन्नेछ । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – आयबल बढ्नेछ । आश मारेको काम बन्नाले उत्साह वृद्धि होला । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ, सन्तानबाट प्रसन्नता मिल्नेछ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – कर्मबल वृद्धि हुनेछ । रोकिएका काम बिस्तारै शुरु हुनेछन् । कृषिकर्म तथा पशु व्यवसायबाट फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ, बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – भाग्यबल बढ्ने योग भए पनि आज सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ ।अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ, ध्यान राख्नुहोला । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । आरोग्यता वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।