आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०७९ शुक्रबार, १७ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ फागुन २०७९ शुक्रबार, १७ फरवरी २०२३)


अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ फाल्गुण ५ गते शुक्रबार तद्अनुसार सन् २०२३ फरवरी १७ तारिख फाल्गुन कृष्ण पक्षको द्वादशी तिथि पूर्वाषाढ़ा नक्षत्र सिद्ध योग कौलव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४२ मा र सूर्यास्त साँझ १७ः५५ बजे हुनेछ ।

आजको राशिफल

मेष – भाग्यबल बढ्नेछ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ। बोलीको भरमा काम सम्पादन हुन सक्छ । बेरोजगार हुनुहुन्छ भने आजको प्रयत्नले रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ, सावधान रहनुहोला । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । विकासको नयाँ सम्भावना देखापर्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – जोखिन बढ्ने समय भए पनि आज तपाईंले गरेका कामबाट अरुलाई फाइदा पुग्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् भने व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – परिवारिक सुख वृद्धि हुने भए पनि आज आरोग्यताका बारेमा सचेत र सावधान रहनु हितकर हुनेछ । कार्यक्षमता वृद्धि होला । कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । अनावश्यक भ्रमण हुन सक्छ । उपचारमा खर्च हुने योग छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने योग छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन संघर्षमय रहला । धेरै प्रयत्न गर्दा पनि त्यसअनुसारको उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ने र आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

सिंह – आजको दिन मि?ित फलदायी रहला । मित्रजनको जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ भने पहिलेको सफलताले थप हौसला जगाउन सक्छ । तथापि, पढाइलेखाइमा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन पनि सक्छन् । घरेलु समस्या देखापर्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्य बढ्नेछ ।

कन्या – आर्थिक क्रियाकलापमा सहभागिता जनाउने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । दौडधुप वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षणका साथै सुख बढ्ला ।

तुला – पराक्रम वृद्धि हुने दिन छ । आज मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । कामको चापबाट फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । मान सम्मान बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आज धनका साथै आरोग्यता वृद्धि हुनेछ । शुभता बढ्ला । दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत फेला पर्ने योग छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न विशेष मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहन पनि सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – आरोग्यता बढ्नेछ भने रोकिएको काम बन्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । मौकाको फाइदा उठाउन कठिन नै पर्ने देखिन्छ । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । सुख समृद्धि बढ्नेछ ।

मकर – आजको दिन राम्रै छ । आरोग्य बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । रसराग एवम् प्रेमका कर्ममा सफलता मिल्नेछ । यश वर्चश्व बढ्ला ।

कुम्भ – शुभता बढ्नेछ । नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – कार्यबल बढ्ने दिन भए पनि स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । दैनिकीमा परिवर्तन आउनेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।