आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०७९ मंगलबार, २१ फरवरी २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ फागुन २०७९ मंगलबार, २१ फरवरी २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण ९ गते तद्अनुसार सन् २०२३ फरवरी २१ तारिख मंगलबार फाल्गुन शुक्ल पक्षको प्रतिपदा तिथि शतभिषा नक्षत्र शिव योग ६ः९ पर सिद्धि योग बालव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३९ मा र सूर्यास्त साँझ १७ः५८ बजे हुनेछ । ग्याल्पो लोसार, त्रिपुष्कर योग ११ः१४ बजेपछि ।

आजको राशिफल

मेष – आजको दिन आरोग्यता बढ्नेछ भने प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ । उपयोगी दौडधुपमा समय बित्नेछ । तपाईंलाई साथ दिनेहरू बढ्नेछन् । मान-सम्मान पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउनेछन् । फाइदा हासिल गर्न योजनाहरू गोप्य राख्नुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – कर्मबल वृद्धि हुने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । प्रयत्न गरेको काम आज समयमै सम्पन्न हुनाले मनमा प्रशन्नता र फुर्सदिलो अनुभूति होला । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । आज स्वास्थ्यचाहिँ केही प्रतिकूल रहन सक्छ । तथापि, हिम्मतले काम लिन सकिनेछ । इच्छाशक्ति बढ्नेछ भने लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आजको दिन भाग्यबल बढ्ने योग छ । तथापि, आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । काममा रोकावट र कम मात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । यसका बाबजुद धेरैको भलाइ हुने काम गर्न सकिनेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – आज सुख सुविधाका बस्तु बढ्नेछ । रसरागमा आकर्षण रहला । नयाँ काममा हात हाल्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त होला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । कामले धेरैको मन लोभ्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सिंह – प्रेमभाव बढ्नेछ । आशा उत्साह बढ्नेछ । आज समय उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइएला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । मित्रजनको साथ रहला ।

कन्या – आरोग्यता र साहस वृद्धि हुने दिन छ । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछन् । कर्मको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । पुरानो सम्झौता भंग हुन सक्छ । समस्याको समाधान मिल्नेछ

तुला – आजको दिन प्रेमभाव वृद्धि होला । रसरागमा रुचि बढ्नेछ । सोचविचार नगरी अरुलाई वचन दिँदा आज अप्ठ्यारोमा परिएला । नजिकका साथीभाइ टाढिन सक्छन् । तथापि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा विशेष लाभ मिल्नेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

वृश्चिक – आयबल बढ्ने दिन छ । काममा सफलता प्राप्त होला । मनमा आशङ्का रहे पनि आज विभिन्न अवसरले पछ्याउने योग छ । बोलीको प्रभाव बढ्ला । ठीक समयमा सही निर्णय लिन सक्दा आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – व्यस्तता र कार्यक्षमता वृद्धि हुनेछ । समय शुभदायी भएकोले कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान राख्नुपर्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – पराक्रम वृद्धि हुने र आरोग्यबल बढ्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । तर विशेष परिस्थितिका कारण गल्तीबिनै आरोप लाग्न सक्छ । सचेत रहनुहोला । परिवारिक सुख बढ्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आरोग्यता र परिवारिक सुख बढे पनि आज परिस्थिति तपाईंका लागि अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले दुःख दिन सुक्छन् । चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । रसरागमा आकर्षण बढ्ला ।

मीन – समय शुभ छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले चाहिँ अप्ठ्यारोमा पार्न सक्छ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । आफन्तको साथ भने कमै मिल्नेछ । सुखविलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।