तिहारमा सुन चोरी हुनसक्ने चेतावनी

तिहारमा सुन चोरी हुनसक्ने चेतावनी


Jiten_120309_DSC0681ह्यारो, लण्डन । मेट्रोपोलिटन पुलिसले खासगरी ह्यारो क्षेत्रवरपर एसियन समुदायका घरहरुमा चोरी हुनसक्ने प्रवल सम्भावना रहेको एक समाचारअनुसार जनाइएको छ । एसियन समुदायका वृद्धवृद्धाहरुको गतिविधिहरुलाई ध्यानमा राखी हिन्दू समुदायभित्रबाटै एक ठूलो समूहमा ग्यांगहरु परिचालित भएको बताइएको सो समाचारअनुसार यस्ता चोरीहरुबाट बच्नका लागि तथा त्यस्तो प्रकारका घटनाहरुबाट केही हदसम्म टाढा रहनको लागि सुनका गहनाहरुलाई घरभित्र वा अन्य कुनै सुरक्षित स्थानमा राख्ने अनि गहनाहरु लगाएर बाहिर हिँड्नुपरे ती गहनाहरुलाई छोपेर हिँड्ने वा ती गहनाहरुमा एक अदृश्य किसिमका ट्र्याकरको लेप लगाउने गरे धेरै हलसम्म ती गहनाहरुलाई बचाउन सकिन्छ भनेर बताइएको छ ।
‘इन्भिजिवल ट्रयासेबल लिक्विड’ नामको सो अदृश्य किसिमका ट्र्याकरको लेपन गरेर ‘अल्ट्रा भ्वाइइलेट’ किरणको माध्यमबाट चोरी गरिएको गहनाको खोजी गर्न सकिने मेट डिटेक्टिभ पुलिस चिफ जेन कोरिगेनले एक पत्रकार भेलामा बताएकिछिन् ।
picture: from the net[not relevant]