प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

प्रधानमन्त्रीको दोहा भ्रमण रद्द


प्रधानमन्त्री प्रचण्डको दोहा भ्रमण रद्द भएको छ । उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौं सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्ध भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भइ यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो ।