नारायणीमा हाम फालेका युवकको एक किमी तलबाट जीवितै उद्धार

नारायणीमा हाम फालेका युवकको एक किमी तलबाट जीवितै उद्धार


भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको जीवितै उद्धार गरिएको छ ।

खैरहनी नगरपालिका ९ बस्ने २० वर्षीय मनिष महतो नदीमा हाम फालेपछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो ।

हाम फालेको जानकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आईआरटी) पोष्ट पुल्चोकले घटनास्थल भन्दा करिब १ किलोमिटर तल नदीको बीचबाट महतोलाई जीवितै उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयका अनुसार उद्धारपश्चात् उनलाई उपचारको लागि स्थानीय अस्पताल पठाइएको थियो ।