प्रवासी नेपाली मंच, यूकेमा देउसी-भैलो खेलाउँदै

प्रवासी नेपाली मंच, यूकेमा देउसी-भैलो खेलाउँदै


2014-10-21 15.52.00लण्डन । एक दशकअघि स्थापना भएको प्रवासी नेपाली मंच यूकेले नेपालकै झल्को दिने गरी बेलायतस्थित लण्डन शहरमा सामुहिक देउसी खेलाउन लागेको छ । २२ अक्टोबर बुधबारका दिन लण्डनको ह्यारो फुटबल क्लवमा मञ्चले पहिलो पटक भव्य रुपमा सामुहिक देउसी-भैलो खेलाउन लागेको हो ।
नेपाली सस्कृतिको झल्को दिने र नयाँ पुस्तालाई नेपाली सस्कृतिका बारेमा जानकारी गराउने उद्देश्यले मनोरजन कार्यक्रमसहित देउसी खेल्ने कार्यक्रम राखिएको छ ।
देउसी-भैलोमा हास्य कलाकार मनोज गजुरेलसहितका कलाकारको वेजोड प्रस्तुती कार्यक्रमको प्रमुख आकषर्ण रहने मंचका अध्यक्ष रामशरण सिंखडाले बताए । ‘मनोज गजुरेलीय देउसी भैलो प्रस्तुतिका हिसावले अविष्मरणीय रहन्छ’ मंचका अध्यक्ष सिखडाले भने ।
अध्यक्ष सिखंडाकाअनुसार प्रवासी नेपाली मंचले प्रवासीलाई पनि नेपालकै झल्को दिने गरि कार्यक्रमको व्यवस्थापन गरि सकिएको छ । कार्यक्रममा तीन सय भन्दा बढी सहभागीता रहने आयोजकको अपेक्षा छ । बेलायतस्थित कार्यवाहक राजदुत तेजवहादुर क्षेत्री र यहाँस्थित विभिन्न पार्टी तथा सामाजिक क्षेत्रका अगुवाहरु कार्यक्रममा सहभागिता रहनेछ ।
व्यवस्थापकीय पक्षलाई चुस्त बनाउन अग्रीम रुपमा टेवल वुकिङ भैसकेको छ । एक टेवुलमा १० सिट रहनेछ । तिहारमा बनाइने परिकारले हरेक टेबललाइ आफ्नै गाउँ ठाँउको सम्झना गराउने कार्यक्रम संयोजक रामजी बरालले बताए ।
प्रवासमा मनाउन लागिएको देउसी -भैलोलाई भव्य बनाउन मंच, यसका समर्थक र शुभचिन्तकले सहयोग गरिरहेको कार्यक्रम सचिव मिलन घिमिरेले जानकारी दिए । मिडिया मैत्री बनाउन लागिएको कार्यक्रमको रेडियो राइनोले प्रत्यक्ष प्रशारण गर्नेछ । रेडियोमार्फत बिभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसक्नेले प्रत्यक्ष प्रसारण सुन्न सक्नेछन । कार्यक्रममा बेलायतस्थित सम्पुर्ण मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ ।