प्रचण्ड जाने कार्यक्रममा आज उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

प्रचण्ड जाने कार्यक्रममा आज उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै


प्रधानमन्त्री प्रचण्ड जाने भनिएको दोहा सम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भाग लिन भएका छन् ।

सचिवालयका सदस्य विजय गौतमका अनुसार अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन श्रेष्ठ आज साँझ दोहा कतार जान लागेका हुन् ।

उपपधानमन्त्री श्रेष्ठ नेतृत्वको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, उपप्रधानमन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, सांसद् जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव, कतारका लागि नेपाली राजदूत लगायत रहनेछन् । फागुन २१ गतेदेखि २५ गते सम्म दोहामा सो सम्मेलन हुनेछ । उपप्रधानमन्त्री श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने छन् ।

२५ गते हुने राष्ट्रपति निर्वाचन लगायतका कारण प्रचण्डले आफ्नो भ्रमण रद्द गरेपछि प्रधानमन्त्री जाने सो कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठ दोहा जान लागेका हुन् ।