नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको शनिबार निधन भएको छ।
नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय आफ्नो घरनजिकैको एक घरबाट खसेर गम्भीर घाइते भएका थिए । ६ तलामाथिबाट खसेका नेपालको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचारका क्रममा ज्यान गएको हो।
सो पार्टीका नेता विजय पौडेलका अनुसार दुई जना अपरिचित युवाले देखेर उनलाई निजामती अस्पताल पुर्याएकोमा उनलाई पछि अन्नपूर्ण न्युरो लगिएको थियो । त्यहीँ उनको निधन भएको हो ।
प्रतिक्रिया