आफ्नै नाबालिग बहिनीमाथि यौनहिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् ।
बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिलालाई पक्राउ गरिएको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए ।
उनका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाइ आफ्नो पुरुषसाथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो ।
प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भइ थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा प्राप्त भएपछि अनुसन्धान थालेको परिसरले जनाएको छ ।
प्रतिक्रिया