नेपाली महिला पाइलट समुहले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान

नेपाली महिला पाइलट समुहले पहिलो पटक गरे अन्तर्राष्ट्रिय उडान


युएई तर्फको उडानमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले सफलतापूर्वक उडान भरेका छन् ।

आइतबार नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले सँगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसँगै को-पाइलट शृजना रावत उडानमा रहेकी थिइन् ।

उनले महिलाहरुको सो अन्तर्राष्ट्रिय उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरु प्रति धन्यवाद दिएकी छन् ।

उनीहरुले विमान युएई विमान स्थलमा पुगेपछि गैरआवासीय नेपाल संघ (यूएई)ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।