प्रवासी मंचको देउसीमा भव्यता

प्रवासी मंचको देउसीमा भव्यता


IMG_7761लण्डन । प्रवासी नेपाली मंच वेलायतले आयोजना गरेको देउसी–भैलो भब्य रुपमा सम्पन्न भएको छ । लण्डनस्थित ह्यारो ल्कवको हलमा मानिसहरुले खचाखच भरिएको देउसी–भैलो, विविध सांगीतिक र चर्चित हाँस्यकलाकार मनोज गजुरेलको प्रस्तुतिले सहभागीहरुलाई भरपुर मनोरञ्जन दिलाएको थियो । आयोजकहरुले सयपत्री र मखमलीको माला लगाइदिँदै सेल रोटीले स्वागत गर्दा आफ्नै गाउँ–ठाउँको झल्को दिएको थियो । चुस्त व्यवस्थापन, सुन्दर रुपमा सजाइएको मंच र टेबुलहरुले कार्यक्रमको भब्यतालाई अझ आकर्षक वनाएको देखिन्थ्यो ।

कार्यक्रमको विधिवत शुरुवात कार्यक्रम सचिव मिलन घिमिरेले गरेका थिए । मंचका अध्यक्ष रामशरण सिंखडाले कार्यक्रम सहभागीहरुलाई स्वागत गर्दै, नेपाली शान, मान र पहिचानलाई कायम राख्न प्रवासी नेपाली मंच सदैव प्रतिवद्ध र क्रियाशील रहने जनाएका थिए । प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले प्रवासी नेपाली मंचको रचनात्मक क्रियाकलापको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नेपाली–नेपाली बीचको एकतालाई अझ मजबुद बनाउने बताएका थिए । हाँस्य कलाकार मनोज गजुरेलको मोदी अवतार र गजुरेलीय प्रस्तुति, कलाकारद्वय सुजन पराजुली र उज्वल भण्डारीको साँगीतिक माहोलमा पूरै हल हाँसेको र नाचेको थियो ।

1मिडिया–मैत्री बनाइएको उक्त कार्यक्रमको रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रमलाई सफल बनाउन बेलायतस्थित विभिन्न संघ–संस्था, ब्यवसायी र ब्यक्तित्वहरुले सहयोग पु-याएका थिए ती सहयोगीहरुलाई कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, मंचका अध्यक्ष रामशरण सिंखडा र गैरआवासीय नेपाली संघका अध्यक्ष महेन्द्र कडेंलले सम्मान गर्दै प्रशंसा पत्र वितरण गरेका थिए । एनआरएन यूकेका अध्यक्ष महेन्द्र कडेंल, अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार विश्व आदर्श पण्डित, अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु कुल आचार्य (एनआरएन यूकेका पूर्व अध्यक्ष), सुष्मा राई, विजन भुट्ट, सुरेन्द्र श्रेष्ठ, पशुपति भण्डारी, वेलायतको विभिन संघसंस्थाका व्यक्तिहरु तथा मंचका सल्लाहकार राजेन्द्र पुडासैनी, कृष्ण भट्टराई, डा. कृष्ण रेग्मी लगायतको उपस्थिति थियो । अन्त्यमा कार्यक्रम संयोजक रामजी वरालले सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
IMG_7767