नेपालको इतिहासमै पहिलोपटक महिला क्रु-मेम्बरहरुद्वारा अन्तर्राष्ट्रिय उडान

नेपालको इतिहासमै पहिलोपटक महिला क्रु-मेम्बरहरुद्वारा अन्तर्राष्ट्रिय उडान


नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समुहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि आज बिहान उडाएको आफनो विमानका सबै क्रु मेम्बर महिला मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेको हो ।

यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी थिइन् भने को-पाइलटमा श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका थिए ।

दुबइबाट काठमाडौंका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए, तर सबै क्रु-मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो ।