भरतपुर महानगरपालिका प्रमुख दाहाल जापान भ्रमणमा

भरतपुर महानगरपालिका प्रमुख दाहाल जापान भ्रमणमा


  • विशेष सम्वाददाता, टोकियो (जापान)

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल जापान भ्रमणमा आएकी छन् ।

पाँचदिने जापान भ्रमणको लागि मेयर दाहाल नेपाल एयरलाइन्सको सिधा उडानमार्फत बुधबार नारिता विमानस्थल उत्रिएकी हुन् ।

भरतपुर महानगरपालिका र जापानको खानागावा प्रान्तको योकोसुका शहरबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीका लागि मेयर दाहाल जापान आएको बताइएको छ ।

दाहाललाई स्वागत गर्न जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी विमानस्थल पुगेका थिए । सो अवसरमा जापानका लागि नेपाल एयरलाइन्सका कन्ट्रिमेनेजर तिलक लामिछानेको पनि उपस्थिति रहेको थियो ।

यसैगरी, नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतीशिल मञ्च जापानका अध्यक्ष भवानी पन्त, पूर्वअध्यक्ष हवलचन्द्र लामा, संगठनका नेताहरु अरुण कुमार श्रेष्ठ, रामहरि पुडासैनी, बाबुराम भण्डारी, कालिका थापा तथा जापान भ्रमणमै रहेका माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’, एनआरएनए आइसीसी उपाध्यक्ष भुषण घिमिरे, एनआरएनए आइसीसी उपमहासचिव ओम गुरुङलगायतको उपस्थिति रहेको थियो ।