प्रचण्डविरुद्धको रिटको सुनवाइ आज

प्रचण्डविरुद्धको रिटको सुनवाइ आज


प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

हेर्न नभ्याउने भन्दै हिजो बिहीबार स्थगित भएको सो रिटको पेसी आज तोकिएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो । तर, न्यायाधीश अनिलकुमार सिन्हासँगको संयुक्त इजलासमा अरू मुद्दा सुनुवाइ गरेका न्यायाधीश श्रेष्ठले प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा राखेपछि आजका लागि सारिएको हो ।