photo: rss
राष्ट्रपतिमा निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी मार्गदर्शन सिद्धान्त रहेको बताएका छन् ।
बिहीबार राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँवासी, मतदातादेखि प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङसम्मलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिकसमेत हुने जनाएका छन् ।
‘राष्ट्रपति संस्थाले निर्वाचन गर्ने भूमिकाले संविधान र शसनको व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन तथा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वधीनताको रक्षा, संविधानको पालन र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा लागि मार्गदर्शन सिद्धान्त रहनेछन्,’ निर्वाचित भएपछि पौडलले जारी गरेको वक्तब्यमा भनिएको छ, ‘राष्ट्रपतिको काम, कर्तव्य तथा जिम्मेवारी बहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर तथा भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तप्पर रहनेछु ।ु
पौडेलले मित्रवत्र प्रतिस्पर्धामा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, उनको दल एमाले, मतदातालाई हार्दिक सम्मान गर्दै प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएको भन्दै तनहुँ जिल्लावासी तथा मतदाताहरुलाई हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गरेका छन् ।

प्रतिक्रिया