विकास बैंकहरुले घटाए ब्याजदर, भोलिदेखि लागु हुने

विकास बैंकहरुले घटाए ब्याजदर, भोलिदेखि लागु हुने


बदलिँदो परिस्थितिलाई ध्यान दिँदै विकास बैंकहरु ब्याजदर घटाउने निर्णयमा पुगेका छन् ।

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमबार बसेको बैठकले चैत १ देखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।

जसअनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एक वर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

यस्तै, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।