सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन


सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीका अनुसार गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको आइपियो अन्तिम दिन अर्थात मंगलबार कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले भर्न सक्ने छन् ।

उक्त कम्पनीले कम्पनीले गत फागुन २६ गते सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।

सो कम्पनीले आयोजना प्रभावित स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर बिक्री गरिसकेको पछि सर्वसाधारणका लागि आइपियो निष्काशन खुला गरेको हो । जसअनुसार सर्वसाधारणका लागि चार लाख २४ हजार ८ सय ८५ कित्ता छुट्याइएको छ ।

सो कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।