सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी

सिभिल अस्पतालले माग्यो १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी


काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो ।

शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ ।

यसैगरी अस्पतालले सातौँ तहको नर्सिङ सुपरभाइजर १ जना, छैटौँ तहका सिष्टर ४ जना, पाँचौं तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौँ तह एक जना, फार्मेसी सहायक पाँचौं तह ३ जना माग गरेको छ ।

यसैगरी, अस्पतालले सतौँ हको वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट एक जना, सातौँ तहकै ल्याब टेक्नोलोजिष्ट, प्थालोजिष्ट एक जनासहित अन्य विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।