ब्याजदरविरुद्धको आन्दोलन उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने

ब्याजदरविरुद्धको आन्दोलन उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने


प्रधानमन्त्री प्रचण्डको आश्वासनका बाबजुद बैंक तथा वित्तिय संस्थाविरुद्धको आन्दोलनलाई नरोकिने भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरेपछि उद्योग बाणिज्य महासंघले बैंक तथा वित्तिय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन फिर्ता लिएको जनाएको थियो , तर महासंघले फिर्ता लिएको जनाएपनि ४२ वटा ब्यापार संगठन आबद्ध बैंकको ब्यादरविरुद्ध मूल संघर्ष समितिले भने प्रधानमन्त्रीको आश्वासन अस्विकार गर्दै ब्याजदरविरुद्धको आन्दोलन जारी रहने जनाएका हुन् ।

‘बैंक तथा वित्तिय क्षेत्रले केही महिनाअघि ७ र ८ प्रतिशतसम्म रहेको कर्जा ब्याजदर १७ देखी १८ प्रतिशतसम्म बनाउँदा विकाराल अवस्था बनेको’ उल्लेख गर्दै बैकिङ आतंकविरुद्ध आन्दोलन जारी रहने जनाएका हुन् । संघर्ष समितिले उद्योगी ब्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य महासंघको निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।

‘केही दिनअघि हाम्रो महासंघ र संघहरुको आन्दोलनसँग सरोकार नरहने समुहले सम्पुर्ण उद्योग ब्यावसायीहरुले गर्दै आइरहेको संघर्षको कार्यक्रम फिर्ता लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ,’ संघर्ष समितिले भनेको छ, ‘उक्त समाचारप्रति यस संघर्ष समितिको कुनै पनि संलग्नता नरहेको कुरा प्रस्ट पार्न चाहान्छौँ, संघर्ष समितिको शान्तिपुर्ण विरोधको कार्यक्रम जारी रहेको जानकारी गराउँदछौँ ।’ सरकारले व्यवसायीका माग सम्बोधन नगरेकाले आन्दोलन जारी राख्नु परेको संयुक्त संघर्ष समितिको भनाइ छ ।