प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा

प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा


नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका पाँच जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

प्रहरी नायव महानिरीक्षकहरु वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो । जसमध्ये कुँवरको नाम पहिलो नम्बरमा छ । सिफारिस गरिएका पाँचै जनालाई आजको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको हो ।