हिंसाका घटना बढेपछि मियामीरमा सङ्कटकाल र निशेधाज्ञा जारी

हिंसाका घटना बढेपछि मियामीरमा सङ्कटकाल र निशेधाज्ञा जारी


अमेरिकाको फ्लोरिडा राज्यको एक शहरमा हिंसाका घट्ना बढेपछि कर्फ्यू आदेश जारी गरिएको छ । सो राज्यको एक तटिय सहर मियामीमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन् । सो शहरमा केही दिनयतादेखि गोली प्रहारका घटना बढेका छन् ।

मियामीका एक अधिकारीका अनुसार निषेधाज्ञापछि नागरिक रातिको समयमा बाहिर निस्कन पाउने छैनन् । यो आदेश अर्को सोमबारसम्मका लागि जारी गरिएको सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

सो शहरमा शुक्रबार राति एकजनाको गोली हानी हत्या गरिएको थियो भने अर्का एकजना सर्वसाधारण घाइते भएका थिए । त्यसैगरी आइतबार बिहान पनि यहाँ गोली हानेर अर्का एकजनाको हत्या गरिएको थियो । ती हत्यामा संलग्न भएकाहरुको खोजी जारी रहेको तर पक्राउ भने नपरेका बताइएको छ ।

दक्षिणी फ्लोरिडाको सो सहरमा हिंसाका घटना बढेपछि छोटो समयका लागि सङ्कटकाल लगाउनुपरेको सो शहरका मेयरले भिडियो सन्देशमार्फत् जानकारी दिएका छन् ।