त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला


त्रिभुवन विश्वविद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका हुन् ।

नेविसंघ त्रिवि समितिको अध्यक्ष पद रिक्त रहेकाले संगठनको विधान २०२७ को सातौँ संशोधन २०७५ बमोजित तीन महिनाभित्र समितिको त्रिवि अधिवेशन सम्पन्न गर्ने गरि वडैलालाई जिम्मेवारी दिइएको उनले बताए ।

उता वडैलाले संगठनले दिएको जिम्मेवारी आफूले पूरा गर्ने बताएका छन् । ‘म सधैं त्रिविमा संगठन निर्माणमा क्रियाशील थिएँ, मलाई संगठनले विश्वास गरेर जिम्मेवारी दिएको छ, यो जिम्मेवारीले मलाई संगठनलाई थप गतिशील बनाउन प्रेरित गरेको छ’, उनले भनेका छन् ।