सोमाली सेनाद्वारा दक्षिणी क्षेत्रमा अल-शबाबका ३० लडाकु मारिए

सोमाली सेनाद्वारा दक्षिणी क्षेत्रमा अल-शबाबका ३० लडाकु मारिए


सोमाली राष्ट्रिय सेनाले मङ्गलबार दक्षिणी सोमालियामा दुई पक्षबीचको भीषण भीडन्तपछि अल-शबाबका ३० जना लडाकुको मृत्यु भएको जनाएको छ । सो भीडन्तमा अन्य थुप्रै घाइते भएका छन् । एसएनए इन्फन्ट्री कमाण्डर मोहम्मद तहलिल बिहीले सोमाली समाचार एजेन्सीलाई बताएअनुसार सरकार समर्थक मिलिसिया, माविस्लेले समर्थन गरेको सेनाले कारबाहीका क्रममा विद्रोहीहरूलाई लखेटेको थियो ।

‘आतङ्कवादीहरूले यस क्षेत्रमा संयुक्त सेनाको नियन्त्रणमा रहेका आधारहरूमा आक्रमण गर्ने प्रयास गरेको तर सेनाहरूले तुरुन्तै जवाफी कारबाही गरेको थियो । हाम्रा सेनाहरूले अझै उनीहरूलाई पछ्याइरहेका छन्,’ बिहीले भनेका छन् । यद्यपि उनले एसएनए वा स्थानीय मिलिसियाले भोगेका हताहतहरूको सङ्ख्या भने खुलाएनन् । यता अल-शबाब चरमपन्थी समूहले भने भिडन्तको क्रममा २० सैनिक मारेको र अन्य १० जनालाई घाइते बनाएको र दुईवटा गाडी जलाएको दाबी गरेको छ ।

गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल-शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको छ । राष्ट्रपतिले सोमालियामा अल-शबाब लडाकुहरूलाई उनीहरूको किल्लाबाट हटाउन सैन्य कारबाहीलाई तीव्र बनाइने वाचा गरेका छन् ।