पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुलीमा रहेको महाराजा सामुदायिक वनमा घाँस काट्न जंगल गएको अवस्थामा देवचुली नगरपालिका–१० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीया दरिमा थापामगरलाई दिउँसो २ बजेतिर गैँडाले आक्रमण गरेको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीमगरले जानकारी दिएका छन् ।
अध्यक्ष घर्तीका अनुसार थापालाई पृथ्वीनगर खेल मैदाननजिकै रहेको घाँसे मैदानमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट घाइते भएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको वडाअध्यक्ष घर्तीमगरले जानकारी दिए ।
प्रतिक्रिया