वसन्तबहादुर कुँवर नेपाल प्रहरीको महानिरीक्षक नियुक्त

वसन्तबहादुर कुँवर नेपाल प्रहरीको महानिरीक्षक नियुक्त


नेपाल प्रहरीको महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई नियुक्त गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिसको १ नम्बरमा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।

उनीसँगै एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका लागि प्रतिष्पर्धामा थिए । कुँवरले एक वर्ष महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन् ।