भारतले खालिस्तान नामक अलग्गै मुलुक बनाउने अभियान चलाइरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंका गरेको छ ।
पछिल्लो दिनमा लन्डन र सन फ्रान्सिसको लगायतमा भारतमा समेत खलिस्तान पक्षधरको प्रदर्शन सुरु भएपछि भारतीय प्रहरीले खोजिरहेका अमृतपाल सिंह नेपाल पस्ने आशंकमा सिमाना सुरक्षा अलर्ट गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वारिस दे पञ्जाब नामक संगठनका प्रमुख सिंह उत्तराखण्ड पुगेको खबर पत्ता लगाएको भारतीय सुरक्षा अधिकारीले उनी सोही क्षेत्रबाट नेपाल पस्न सक्ने आशंकमा पश्चिम नेपालतर्फका सिमानामा उच्च सतर्कता अपनाएको हो ।
भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उत्तराखण्डबाट नेपालभित्र पस्न सक्ने आशंकामा नेपाल–भारत सीमामा यतिखेर अलर्ट जारी गरिएको छ भने पछिल्ला दिनमा शंका लागेका मुख्यतः शिख समुदायका मानिसहरुलाई भारतीय प्रहरीले सोधपुछ गर्ने क्रम पनि बढाइएको छ ।
अमृतपाल सिंह सम्पर्कविहीन भएपनि खालिस्तानसमर्थकहरुलाई भने भारतीय प्रहरीले देशैभरीबाट धमाधम पक्राउ गरिरहेको छ भने हिंसा भड्किने सक्ने भन्दै भारत सरकारले पञ्जाब राज्य सिमाभित्र केही दिन इन्टनेटसमेत पनि अवरुद्ध गरेको थियो ।
अमृतसरमा रहेको अजनाला प्रहरी कार्यालयमा अमृतपालको समुहले आक्रमण गरी आफ्नो सहयोगीलाई हिरासतबाट छुटाएपछि प्रहरीले अमृतपालविरुद्ध कारवाही सुरु गरेको हो । प्रहरीले उनमाथि लूकआउट नोटिस तथा विनाधरौटीको पक्राउ पुर्जी जारी गरेको छ ।
उता, अमृतपालमाथि धरपकड हुने थालेपछि पश्चिमा मुलुकमा रहेका खलिस्तान समर्थकहरुले भारतीय नियोगमा राखिएका झन्डाहरु निकालेर खलिस्तानी झन्डासमेत राखेका थिए । खालिस्तान समर्थकलाई झन्डा राख्न दिएको भन्दै भारत सरकारले मुख्यतः बेलायत र अमेरिकासँग आपत्ति जनाइसकेको छ ।
प्रतिक्रिया