वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • कपिलवस्तु प्रतिनिधि

जिल्लाको तौलिहवामा सदस्य तथा अभिभावकसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । विश्व वित्तीय सप्ताहको अवसरमा महुली लघुवित्त वित्तीय संस्थाले सो कार्यक्रमको आयोजना गरेको हो ।

लघुवित्तबाट ठूला वर्गका व्यक्तिहरू भन्दा पिछडिएका, आर्थिक अवस्थाले कमजोर र सानो लगानीबाट कुनै व्यवसाय गरि आयआर्जन गर्न चाहनेहरु बढी लाभान्वित हुने लुम्बिनी प्रदेश सांसद सदस्य सुधाकर पाण्डेयले बताए । पाण्डेयले यस वित्तीय संस्थाको कार्यक्रम हेर्दा संस्थाले गाउँघरमै गई बचत सङ्कलन गर्ने , छिटोछरितो र सजिलो तरिकाले ऋण उपलब्ध गराउने, साथै सदस्यहरूलाई कृया खर्च औषधि उपचार खर्च शैक्षिक प्रोत्साहन पुरस्कारको पनि व्यवस्था रहेकोले यो सबैका लागि राम्रो रहेको उल्लेख गर्दै आगामी दिनमा अझै धेरै मानिसको बीचमा महुली लघुवित्त वित्तीय संस्था पुगोस् भन्ने शुभकामना दिए ।

अहिले समाजमा भइरहेको लघुवित्तमाथिको नकारात्मक धारणालाई प्रष्ट पार्न वित्तिय साक्षरता कार्यक्रमको आयोजनाका गरिएको र आफूहरुले फिल्डमा गर्नुपर्ने क्रियाकलप कस्तो छ, हामीले के गर्दा भाविष्यमा राम्रो बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको संस्थाका शाखा प्रमुख लालकिशोर मण्डलले बताए ।

संस्थाले ३ करोड ३१ लाख बढी रकम लगानी गरेको शाखा प्रमुख मण्डलले जानकारी दिए ।

संस्थामा विभिन्न केन्द्र, समुहलगायतको क्षेत्रबाट ५२ लाख ५४ हजार बचत रहेको छ भने संस्थाको १ सय ९७ जनालाई ऋण प्रदान गरेको छ । संस्थामा कुल ४ सय ९३ जना सदस्यको अबद्धता रहेको र नेपालभर मुहलीको ३६ जिल्लामा ६४ वटा शाखा रहेको बताइएको छ ।

सो कार्यक्रमको अध्यक्षता महुली लघुवित्त वित्तीय संस्था लिमिटेड तौलिहवाका शाखा प्रमुख लालकिशोर मण्डलले गरेका थिए भने प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद् शुधाकर पाण्डेय, विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक शैलेश्वरी बोहोरा र अतिथिको रूपमा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, जिल्ला खेलकुद संघका अध्यक्ष राजेश उपाध्याय, श्री छत्रपाली तिर्था देवीका स.प्र. विजयकुमार चौधरी, रेन्वो लर्निङ सेन्टरका प्रमुख प्रशासक सिपी चौधरी, तौलेश्वर नाथ बचतका अध्यक्ष चन्दिकाप्रसाद चौधरी, सोही बचत संस्थाका सदस्य रामउग्र चौधरी, सुरजप्रसाद कोरी, सुनिल कसौधन, विभिन्न केन्द्रका केन्द्रप्रमुख, उपप्रमुख, सदस्य, अभिभावक, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय, सामाजसेवीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बबिता गिरीले गरेकी थिइन् ।