नेपाली साहित्य विकास परिषद यूकेको निर्वाचन छिट्टै

नेपाली साहित्य विकास परिषद यूकेको निर्वाचन छिट्टै


flowerलण्डन । वेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास यूकेको अधिवेशन आगामी नोभेम्बर २३ मा हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस अधिवेशनमा बेलायतका विभिन्न स्थानमा बसोवास गरिरहेका साहित्यप्रेमीहरुलाई सहभागी हुन संस्थाले आग्रह गरेको छ ।
लण्डनस्थित एबीआई कलेजमा हुने अधिबेशनका लागि स्थानीय समाजसेवी कृष्ण भट्टको संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको सल्लाहकारमा सुरेशजंग शाह छन् भने निर्वाचन पर्यवेक्षण नेपाल पत्रकार महासंघ बेलायत शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले गर्नेछन् ।
यसैबीच निर्वाचन समितिले निर्वाचनका लागि आवश्यक तयारीहरु गरिरहेको संयोजक भट्टले जनाएका छन् । समितिले साधारण सदस्यलाई आगामी नोभेम्बर १४ भित्रमा निर्वाचन समितिलाई सदस्यता फर्म बुझाउन आग्रह गरेको छ ।