बोर्डन, बेलायत । बेलायत सरकारको बजेट कटौतीको मारमा सडक बत्तीहरु परेका छन् जसकारण बेलायत अब अँध्यारो र खतरानाक स्थानमा दरिएको छ । लाखौंको संख्यामा सडक बत्तीहरु बन्द तथा मधुरो बनाइएको छ । बेलायतका केही स्थानहरुमा मध्य रातको १२ बजेबाट बिहानको ६ बजेसम्म पूर्ण रुपमा सडक बत्तीहरु बन्द गरिएको छ जसकारण शिफ्टमा काम गर्ने मानिसहरुलाई असुबिधा पुग्नुको साथै सडक दुर्घटना हुने संभावनाहरु बढेर गएको छ । सशिेष गरेर महिलाहरुलाई घरबाट बाहिर काममा निस्कन डर भएको छ ।
रातको समयमा सडक बत्तीहरु पूर्ण रुपमा बन्द या मधुरो बनाउने क्रम संख्यात्मक हिसाबमा बढोत्तरी भएको छ । आँकडा अनुसार सन् २०१० मा यो संख्या १,२२,३६९ थियो भने हाल यस मिलीजुली सरकार आएपश्चात् यस संख्या ११,३६,५३५ पुगेको छ । बजेड कटौतीको कारण मानिसहरुलाई अँध्यारोमा बस्न या हिँडडुल गर्न बाध्य पारिनुका साथै यस राष्ट्रलाई खतरनाक स्थानमा पुर्याएको छ । बिषेश गरेर महिला,बूढाबूढी र केटाकेटीहरुलाई घरबाट बाहिर निस्कन डर भएको छ । २१ प्रतिशत सडक बत्तीहरु मधुरो या पूर्ण रुपमा बन्द गरिएको छ । धेरै बन्द भएको ठाउँमा कर्नवलमा ९८ प्रतिशत छ भने ईसेक्समा ८३ प्रतिशत छ ।
प्रतिक्रिया