राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना हुनुभएको छ ।
शनिबार साँझ पेटमा समस्या भएपछि उहाँ उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको राष्ट्रपतिका उपस्वकीय सचिव सुशील तिमल्सिनाले जानकारी दिनुभयो । ‘राष्ट्रपति पेटमा समस्या आएपछि अस्पतालमा भर्ना हुनुभएको हो’, उहाँले भन्नुभयो ।
अस्पतालले राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शनिबार साँझ भर्ना हुनुभएको र उहाँ हाल चिकित्सकहरुको निगरानीमा रहनुभएको अस्पतालले जनाएको छ ।
- रासस
प्रतिक्रिया