जापानमा नेपाली विद्यार्थीको ‘अस्वाभाविक’ मृत्यु

जापानमा नेपाली विद्यार्थीको ‘अस्वाभाविक’ मृत्यु


  • जापान प्रतिनिधि (टोकियो)

जापानको ओकिनावामा विद्यार्थी भिषामा आएका नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

तुल्सीपुर दाङ घर भएका खिम बुढामगर नाम गरेका नेपाली विद्यार्थीको मृत्यु भएको जापान प्रहरीले जानकारी दिएको छ ।

सन् २०२२ को मध्यतिर विद्यार्थी भिषामा जापान आइपुगेका बुढामगरले आफ्नो मृत्यु आफै रोजेको देखिएको एनआरएन जापान ओकिनावा क्षेत्रिय समितिका संयोजक ज्ञानु भट्टले जानकारी दिए ।

बुढामगर उनी बस्ने गरेको होस्टेलमा मृत अवस्थामा भेटिएका थिए भने उनको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि प्रष्ट हुने जनाइएको छ ।

मृत्युबारे नेपालस्थित उनका परिवारका सदस्यहरुलाई जानकारी गराइएको छ भने परिवारको सल्लाहमा उनको अन्तिम संस्कार गरिने जानकारी दिइएको छ ।