रामेछापमा जिप दुर्घटना, मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

रामेछापमा जिप दुर्घटना, मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो


रामेछापको मन्थली नगरपालिका-७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका-७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् ।

बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका-७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भइ दुर्घटना भएको जनाइएको छ ।