नेपाली संघीय समाज यूकेको बैठक सम्पन्न, विभिन्न राज्य समिति गठन

नेपाली संघीय समाज यूकेको बैठक सम्पन्न, विभिन्न राज्य समिति गठन


fspn uk4

fspn uk3

fspn uk1लण्डन ः गत १ नोभेम्बर २०१४ का दिन नर्थहोल, लण्डनको चौतारी रेष्टुरेष्टमा नेपाली संघीय समाज युकेको प्रथम बैठक सम्पन्न भयो । भर्खरै सम्पन्न ऐतिहासिक प्रथम महाधिवेशनको समिक्षाबाट शुरु भएको बैठकले समितिलाई पूर्णता दिनुको साथै विभिन्न विभाग तथा राज्य समितिहरु गठन गरेको छ । उपाध्यक्ष जंग सुनुवारले महाधिवेशनको समिक्षा गरे लगतै उठेका प्रश्नहरुको उत्तर पूर्व अध्यक्ष भगवान चाम्लिङ र पूर्व महासचिव प्रेमकुमार राईले दिए र समग्रमा महाधिवेशन भब्यतापूर्वक सम्पन्न भएको, नेपालबाट आमन्त्रित अतिथिज्यूहरुबाट राम्रो प्रभाव भएको कुरा नवनिर्वाचित अध्यक्ष धर्मबहादुर तामाङले उल्लेख गर्दै समिक्षाको चरणलाई टुङ्ग्याएका थिए । समिक्षा लगतै निवर्तमान अध्यक्ष र महासचिवले नवनिर्वाचित अध्यक्ष र महासचिवलाई सम्पूर्ण डकुमेन्ट सहित जिम्मेवारी हस्तान्तरण गरेका थिए । त्यसको लगतै अघिल्लो कार्यसमितिलाई हार्दिक आभार सहित अध्यक्ष तामाङ र नवनिर्वाचित महासचिव विश्वासहाँङ खेवाहाँङले विदाई गरेका थिए । पूर्व अध्यक्ष चाम्लिङ र पूर्व महासचिव राईले पनि विदाईको मन्तब्य राखेका थिए ।

बैठकले बुँदागत विभिन्न निर्णयहरु गर्यो । जसअनुसार बर्षभरिमा गरिने कार्ययोजना माथि छलफल गरि पारित गर्नुको साथै केन्द्रीय समितिमा जंग बहादुर सुनुवारलाई बरिष्ठ उपाध्यक्ष, मेजर योगस राईलाई उपाध्यक्ष, नरेशमणि काङमाङलाई पार्टी प्रवक्ता र ईश्वर चाम्लिङलाई सचिवमा पदोन्नती गर्यो । त्यस्तैगरि रत्न थापामगर, टिकाधन राई, मान राई र राज राईलाई केन्द्रीय समिति सदस्यमा चयन गर्यो । तमु धि युकेका केन्द्रीय अध्यक्ष कमल गुरुङलाई पार्टीको झण्डा र खादा दिएर अध्यक्ष तामाङले पार्टीमा औपचारिक स्वागत गरेका थिए। गुरुङ स्वतः यसपार्टीमा केहीसमय अघिदेखि कार्यरत रहेका थिए । गुरुङलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी पनि तोकेको छ । संघीय समाजवादी पार्टी, नेपालको विभिन्न जातिय मोर्चाहरु यूकेमा पनि विस्तार शुभारम्भ गरिएको छ जसमध्ये ताम्सालिङ प्रदेश समिति युके संयोजकमा दावा स्याङ्बो, सहसयोजकमा शुशिला वाइवा, किरात खम्बुवान प्रदेश समिति यूके संयोजक भानुभक्त राई, तमुवान प्रदेश समिति यूके संयोजकमा कमल गुरुङलाई चयन गरेको छ ।

पार्टीको भातृसंगठन संघीय साँस्कृतिक महासंघ यूकेको संयोजकमा गायक किसन राई र सहसयोजकमा प्रकाश राई प्राणलाई चयन गर्यो । त्यस्तैगरि पार्टीको विभिन्न विभागहरु पनि निर्माण गरेको छ । जसअनुसार पार्टी प्रशिक्षण विभाग संयोजक भगवान चाम्लिङ, सहसंयोजक प्रेमकुमार राई । पार्टी आर्थिक विभाग संयोजक जंग सुनुवार र सहसंयोजकमा विमला राई । पार्टी अनुसासन विभाग संयोजक राजेन्द्र खिम्दिङ र सहसंयोजक कमल गुरुङ । संघीय युवा संघ यूके संयोजक मिलन राई र सम्पर्क सहयोगि वालकृष्ण राई । पार्टी संगठन विभाग संयोजक विश्वासहाँङ खेवाहाँङ र कमल प्रसाद राई । पार्टी प्रचारप्रसार विभाग संयोजक देव गुरुङ र सहसंयोजकमा जानुका राई । समाजवादी महिला संघ यूकेका संयोजक बसुन्धरा याख्खा राई चयन भएका छन् भने अध्यक्ष, महासचिव र उपमहासचिव रहेको सचिवालय गठन गरेको छ । समिति तथा विभागहरुले आगामी ६ महिना भित्र न्यूनतम आवश्यक कार्य गर्न नसकेको अवस्था सम्पूर्ण अधिकार केन्द्र समितिले लिनसक्ने समेत निर्णय गर्यो ।

बैठकले सल्लाहकार समिति र बुद्धिजीबि समिति बेग्लाबेग्लै गठन गरेको छ । जसअनुसार सल्लाहकार समितिमा पूर्व अध्यक्ष तथा केन्द्रीय नेपाल समिति सिफारिस भगवान चाम्लिङ, पूर्व महासचिव प्रेमकुमार राई, सिरी प्रसाद लिम्बु, कमल गुरुङ, भक्त बहादुर गुरुङ, मेजर भूपजित राई, कृष्ण बहादुर राई, क्षेत्रकला राई, जीबन राई, खगेन्द्र याख्खा, तारा बहादुर गुरुङ, दिलिप महासेठलाई चयन गरयो भने बुद्धिजीबि समितिमा बि. के. पाण्डे, एकेन्द्र गुरुङ, केदार सुनुवार, रमेश घिमिरे र शिवधन राईलाई चयन गरेको छ । नेपाल केन्द्रीय समितिको सम्पन्न हुनगई रहेको प्रथम महासम्मेलनका लागि यूकेमा सदस्यता वितरण लगायतलाई तिब्रता दिने साथै निर्माणाधिन संविधानमा पहिचान सहितको प्रभावकारी राज्य नबनाउने अवस्था आएमा यूके समितिले महत्वपूर्ण भूमिका खेल्ने निर्णय गर्यो । स्मरण रहोस, संघीय समाजवादी पार्टी, नेपालको प्रवास अंगको रुपमा रहेको नेपाली संघीय समाज यूकेले नेपालको संविधान सभाका मान्य ६०१ सभासदहरु सबैलाई संघीयता सम्बन्धिको दस्तावेज रहेको सङ्घीय गणतन्त्र नेपालः समावेशी लोकतन्त्रको उच्चतम रुप नामक पुस्तक दशैं, तिहारको शुभ कामना सहित उपहार हस्तान्तरण गरिएको कुरा उपाध्यक्ष देव गुरुङले बताएका थिए ।गत २० सेप्टेम्बरमा सम्पन्न पार्टीको प्रथम महाधिवेशन पश्चात गठन भएको नेपाली संघीय समाज मेडस्टोन समितिलाई अनुमोदन गर्दै रिडिङमा सम्पन्न पार्टी प्रशिक्षणको लागि योगदान गर्नुहुने सबैलाई धन्यवाद प्रस्ताव पारित गरयो । पार्टीले आउदो मंसिर ७ तदनुसार २३ नोभेम्बरका दिन लण्डनमा पार्टी स्थापना दिवस साथै लण्डन शाखा समितिको महाधिवेशन गर्ने समेत निर्णय गरयो । यस समाजको विभिन्न ७ शाखा समितिहरुमा विस्तार भईसकेको छ ।
श्रोत– विश्वदिप तिगेला