आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०७९ सोमबार, १० अप्रिल २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०७९ सोमबार, १० अप्रिल २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ चैत्र २७ गते सोमबार तद्अनुसार सन् २०२३ अप्रिल १० तारिख वैशाख कृष्ण पक्षको चतुर्थी तिथि ८ः२१ पर पञ्चमी तिथि अनुराधा नक्षत्र व्यतिपात योग कौलव करण आनन्दादिमा मानस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ मा र सूर्यास्त साँझ १८ः२५ बजे हुनेछ । भक्तपुरमा भैरवभद्रकाली रथयात्रा प्रारम्भ ।

आजको राशिफल

मेष – दौडधुप बढ्ने दिन छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने देखिन्छ । पैत्रिक सम्पत्तिमा विवाद आउने योग छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ला । विश्वासपात्रले नै धोका दिन सक्छन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यता वृद्धि हुनेछ । शुभ काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । सोचेभन्दा बढी नै लाभ होला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । साझेदारीको काममा विशेष लाभ मिल्नेछ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । आशा उत्साह थपिएला । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – विगतको कामबाट भने लाभ हुने योग भए पनि आज तपाईंको व्यवहारमाथि टीकाटिप्पणी हुन सक्छ । यसका बाबजुद सामाजिक क्षेत्रमा अग्रसर हुने दिन छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – मनमा द्वन्द्व चल्ने योगका कारण अवसर आए पनि अनिर्णित हुने र पछि परिने सम्भावना छ । मौकाको फाइदा उठाउन विशेष प्रयत्न गर्नु हितकर होला । व्यावसायिक काममा खर्च बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । विवादबाट बच्न बोलीमा संयमता अपनाउनुहोला । रसरागमा आकर्षण बढ्नेछ र यात्रामा सफलता प्राप्त हुने समय छ ।

सिंह – व्यस्तता बढ्नेछ । पराक्रम वृद्धि हुने समय छ । आजको दिन खर्च बढ्ने र प्रलोभन देखाउनेहरूले फसाउन सक्ने योग रहेकोले विशेष सावधानी अपनाएर व्यवहार गरे कामको परिणाम तपाईंको पक्षमा आउनेछ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ, सचेत रहनुहोस् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । तथापि, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कन्या – पराक्रम वृद्धि होला । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काममा उत्साह थपिनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – प्रतिष्ठा आर्जन हुने खालको कर्म गर्ने समय छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । गुरुजनको विशेष सहयोग जुट्नेछ भने प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आश्वासन दिनेहरूले झुक्याउन सक्ने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेजति काम पनि गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूको भर नपर्नु हितकर होला । आरोग्य वृद्धि हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – लगानी बढ्नेछ । धन आर्जन गर्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आफ्नै कमजोरीले विवादमा परिनेछ, सावधान रहनुहोला । प्रियजनसँग भेटघाट होला । हौसला बढ्ने समय छ । रोकिएको काम बन्नेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आयबल बढ्नेछ । श्रमको उचित मूल्यांकन हुने समय छ । तर, शुभचिन्तकहरूको सुझावलाई वास्ता नगर्दा दुःख पाइनेछ । ब्यर्थको भ्रमण हुन सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – कर्मबल बढ्नेछ, तर प्रयत्न गर्दा पनि उपलब्धि हासिल गर्न नसकिने समय छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यप्रति पनि सचेत रहनु हितकर होला । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – सोच्दै नसोचेको काम सम्पादन हुने समय छ । लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । अन्ततः समस्याको समाधान प्राप्त हुनेछ ।