नेपाली मिलन केन्द्रद्वारा जर्मनीको अवलोकन भ्रमण सम्पन्न

नेपाली मिलन केन्द्रद्वारा जर्मनीको अवलोकन भ्रमण सम्पन्न


✍ डिल्ली अम्माई

नेपाली नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा नेपाली मिलन केन्द्र युरोपद्वारा यही अप्रिल ८ आइतबार एक दिनको जर्मनी ऐतिहासिक टुर सम्पन्न गरिएको छ। जर्मनीको पश्चिम भागमा अवस्थित राइन-वेस्टफालियाको दोश्रो ऐतिहासिक शहर डसेल्डोर्पको भ्रमण सकेर कोलोन (Cologne)मा राइन नदीका किनारमा रहेको महत्वपुर्ण पानोरामिक शहरको दृश्यले भ्रमणमा रहेका सबै नेपाली अबलोकनकर्ताको मन लोभ्याएको थियो । उनीहरुले राइन इनर्जी कम्पनीका पानीजहाजमा शहरका मनोरम दृश्यहरुको अवलोकन पनि गरेका थिए ।

शहरमा ऐतिहासिक कोलोन क्याथेड्रल र ओल्ड टाउनपछि राइन नदीमा एक मनोरम क्रूजको अनुभव लिँदै भ्रमणको लाभ उठाएपछि दक्षिण ब्रिजलगायत पानीबाट अनौठा पुलहरूको तस्बिरर लिँदै रमाएका तस्बिरहरु भ्रमण टोलीले संजालमा राखेका छन् ।

डुङ्गाको अनबोर्ड बारबाट पेय पिएर नदीमा तैरँदाको आनन्दबारे बयान नै गर्न नसकिने भ्रमणमा गएकाहरुले बताए । आकर्षक कोलोन शहरको दर्शनीय स्थलहरुको अवलोकनपछि उनीहरुले अनबोर्ड बारबाट खाजा र पेयहरू पिउँदै आराम गरे भने केहीले कोलोनको ऐतिहासिक स्थलका तस्बिर र पुलहरू हेर्दै बसबाट घर फर्किए ।

त्यसो त भ्रमण टोलीको पहिलो गन्तब्य डसेल्डोर्प थियो । त्यो जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर राइन-वेस्टफालियाको ऐतिहासिक शहर हो । वेस्टफालियामा यो कोलोनपछि दोस्रो ठूलो शहर मानिन्छ ।

डसेलडोर्फ राइनमा डुसेलको मुखमा अवस्थित छ । शहर चार अलग-अलग शाखाहरूमा विभाजित छ, प्रत्येकको मुख राइन नदीको किनारमा छ। डसेलडोर्फको अधिकांश भाग राइनको दाहिने किनारमा अवस्थित छ । यो बोनदेखि कोलोन र डसेलडोर्फ हुँदै रुहरसम्म फैलिएको छ।

डोर्फको अर्थ जर्मनमा ूगाउूँ हो, डसेलडोर्फ जत्तिकै ठूलो बस्तीको लागि यो शब्द अचेल साँघुरो मानिन्छ। डसेलडोर्फ एयरपोर्ट जर्मनीको चौथो व्यस्त विमानस्थल पनि हो, जसले जर्मनीको सबैभन्दा ठूलो शहरी क्षेत्र, घना जनसंख्या भएको रुहरको जनसंख्याको लागि सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा सेवा प्रदान गर्दछ।

यो शहर जर्मनीको एक महत्वपूर्ण वित्तीय केन्द्र पनि हो । यहाँ ३०,००० भन्दा बढी मानिसहरू वित्तीय र बीमा क्षेत्रका लागि काम गर्छन् । त्यहाँ लगभग १७० राष्ट्रिय र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, लगभग १३० बीमा एजेन्सीहरू, र जर्मनीको एक एक्सचेन्ज छ।

यहाँ पर्यटनको लागि ओल्ड टाउन स्क्वायर, डसेलडोर्फ टाउन हल, सेन्ट ल्याम्बर्टको बासिलिका, चर्च अफ द अपोस्टल एन्ड्रयू, रेनटर्म टावर, किंग्स एली, नयाँ भन्सार गृह, गोएथे म्युजियम, टोनहाले कन्सर्ट हल, कुन्स्टपलास्ट म्युजियम, जर्मन सिरेमिक म्युजियम, नर्थ राइन-वेस्टफेलियाको कला संग्रह, निएन्डरथल म्युजियम, फिल्म म्युजियम, ढुवानी र नेभिगेसन संग्रहालय, थिएटर संग्रहालय, एक्वाटिक चिडियाखाना र लोएबेके संग्रहालय, बेनराथ प्यालेस, कलकुम क्यासल, कास्टेल हजेलटोर्फ, कैसरस्वर्थमा इम्पीरियल प्यालेस, होफगार्टेन पार्क लगायत विश्वका चर्चित दर्शनीय तथा अवलोकनीय स्थलहरु छन् ।

यीमध्ये अधिकतम सांस्कृतिक तथा ऐतिहासिक स्थानको अवलोकन गराएर नेपाली मिलन केन्द्र युरोपले बेल्जियमबाट भ्रमणमा गएका नेपालीहरुको मन जित्न सफल भएको छ।

यो ऐतिहासिक अवलोकन भ्रमणको संयोजन नेपाली मिलन केन्द्रकी कोषाध्यक्ष कान्ति तिमल्सेना अधिकारीले गरेकी थिइन् भने केन्द्रकी अध्यक्ष सुशीला खतिवडा आचार्यले विभिन्न अभियानहरुको नेतृत्व गर्दै आएकी छन् ।

नेपाली मिलन केन्द्र युरोपले नेपाली समुदायको लागि विभिन्न चाड पर्वमा सांस्कृतिक गतिविधि, अवलोकन भ्रमण र नेपाली पहिचानलाई बचाउने खालका विविध कार्यक्रमहरु गर्दै आएको छ। त्यसै कारण यो संस्था बेल्जियमस्थित नेपाली समुदायका बीच अत्यन्त लोकप्रिय रहेको छ।