कोरोना भाइरसको सङ्क्रमणबाट फेरि एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार (चैत २८ गते) पनि एक जनाको निधन भएको थियो ।
यस्तै, आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ भने कोरोना उपचारबाट ८१ जनाले स्वास्थ्यलाभ गरी घर फर्किएका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा २५ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आइसियु) र तीन जना भेन्टिलेटरमा उपचारत रहेका छन् । हालसम्म चार सय ४५ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ ।
प्रतिक्रिया