तेह्र एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

तेह्र एसएसपी डीआईजी बढुवाका लागि सिफारिस


नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो ।

डिआईजीमा बढुवा सिफारिस गरिएकाहरुमा कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा र रविन्द्र केसी रहेका छन् ।

यस्तै बढुवा सिफारिसमा परेकामा राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जन चन्द ठकुरी,, यज्ञविनोद पोखरेल र विकाशराज खनाल रहेका छन् ।